Logo

Banner-news

‘गरिबको आइफोन’ साओमीले सामसङलाई उछिन्यो, १५ मिनेटमै सकियो रेड्मी नोट ८


GDP Nepal
   १३ कार्तिक २०७६, बुधबार


नयाँदिल्ली (एजेन्सी): चीनमा निर्मित स्मार्टफोन साओमी अहिले विश्व बजारमा नपत्याउँदो ढंगले अघि बढिरहेको छ । भारतीय बजारमा साओमीको एकछत्र राज छ ।

एक अध्ययनअनुसार भारतीय बजारमा पछिल्ला वर्षहरुमा साओमीको बजार हिस्सा २८ प्रतिशतसम्म पुग्दा सामसङको २५ प्रतिशतमा सीमित रह्यो । यसरी भारतीय स्मार्टफोन बजारमा साओमीको बजार हिस्सा बढ्नुको एउटै कारण थियो– यसका फिचर र मूल्य ।

गत हप्ता साओमीका नयाँ स्मार्टफोन रेड्मी नोट ८ लाई फ्ल्यास सेल्समा अनलाइनमा राख्दा जम्मा १५ मिनेट सबै बेचिएको बीबीसीले जनाएको छ । पछिल्ला समय अधिकांश नयाँ मोडलहरू प्रायः अनलाइनमार्फत् बिक्री हुन्छन् ।

साओमीको बिक्री बढ्नुमा उसले अनलाइन बिक्रीमा जोड दिनु प्रमुख कारण रहेको बताइन्छ । जसले प्रचार र स्टोरको खर्च कम हुँदा उपभोक्ताले सस्तोमा सामान पाए ।

हाल भारतमामात्र साओमीका ८ अर्ब डलरको बजार र ४५ करोडभन्दा बढी ग्राहक रहेको बताइन्छ । यसैगरी साओमीलाई भारतमा ’गरीबको आइफोन’को संज्ञा दिन थालिएको छ ।

प्रकाशित : १३ कार्तिक २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह