Logo

कर्पोरेट-बजार

अनमोल केसीको रोजाइमा जिप कम्पास, मूल्य १ करोड २५ लाख !


GDP Nepal
   १५ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । चर्चित नायक अनमोल केसीले जिप कम्पास खरिद गरेका छन् । लक्ष्मीपूजाका दिन आफ्ना बुबा तथा वरिष्ठ अभिनेता सुपरस्टार भुवन केसीसँगै जीप शोरुममा पुगेका अनमोलले जिप कम्पास खरिद गरेका हुन् ।

अनमोललाई एम ए डब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले जिप कम्पासाको साँचो हस्तान्तरण गरे भने अनमोलको रोजाइमा सेतो रंगको जिप कम्पास परेको हो ।

नेपालमा सार्वजनिक भएको एक वर्षमै जिप कम्पासका २५० भन्दा बढी युनिट बिक्री भइसकेका छन् । नेपालका लागि जिपको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले यो जानकारी दिएको हो ।

कम्पास खरिदपछि अनमोलले भने– खासमा जिप ब्रान्डकै कारण मैले जिप कम्पासलाई आफ्नो यात्राको साथीका रुपमा रोजेको हुँ । यो एसयुभी नेपाली सडकको अवस्थामा ‘फिट’ छ । म जिप कम्पासको कठोरता, क्षमता र ‘म्यान्लीअपियरेन्स’बाट निकै प्रभावित छु ।

अनमोलले सुटिङको लागिम धेरैजसो काठमाडौं उपत्यकाबाहिर यात्रा गरिरहन र त्यतिबेला सबै गन्तव्यमा जिप आफ्ना साथमा रहने जानकारी दिए ।

कम्पनीका अनुसार ‘ए मेरो हजुर ३’को सुटिङको बेलादेखि नै अनमोललाई जिपकम्पास मन परेको थियो । यो चलचित्रमा पनि कम्पासको सिन राखिएको थियो । ‘अबआफ्नै जिपकम्पास चढ्ने मेरो इच्छा पूरा भएको छ,’उनले भने ।

गाडीको डेलिभरीसँगैजिप नेपालले अनमोल केसीको सम्मानमाउनकै चलचित्रको गीतमा ‘फ्ल्यास मोब’ डान्स गरिएको थियो ।

जिप कम्पासमा पेट्रोल र डिजेल दुवै इन्जिनमाउपलब्ध छ । डिजेल भर्सन २.० लिटल मल्टिजेट टर्बोचाज्र्ड इन्जिनमाउपलब्ध छ जसले अधिकतम १७० बीएचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन जडान गरिएको हुन्छ ।

त्यसैगरी, पेट्रोल भर्सनमा १.४ लिटर टर्बो युनिट रहेको छ जसले १६० बीएचपी बराबरको अधिकतमपावर र २५० एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । पेट्रोलमा ६ स्पिड म्यानुअल र ७ स्पिड ट्विनक्लच अटोमेटिक ट्रान्समिसन राखिएको हुन्छ ।

जिपकम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र ट्रेलहक ट्रिममा उपलब्ध छ । पहिलो पटक डिजेल अटोमेटिक इन्जिनलगाइएको ट्रेलहक भेरियन्ट गएको नाडा अटो शोमा सार्वजनिकगरिएको थियो । यसमो २.० लिटरको टर्बोचाज्र्ड डिजेल इन्जिनलगाइएको छ जसले १७० बीएचपीपावर र ३५० एनएमटर्कउत्पन्नगर्न सक्छ ।

कम्पास ट्रेलहकमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन र जिप एक्टिभ ड्राइभ ४ बाई ४ लो जडान गरिएको छ । यसमा अटो, स्नो, मड र स्यान्ड मोडबाहक रक मोड थपिएको छ जसले गर्दा कठोर भूगोलमापनि सजिलैसँग यात्रागर्न सक्छ ।

नेपालमा जिप कम्पासको मूल्य ७३ लाख ९० हजार रुपैयाँदेखि १ करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।

प्रकाशित : १५ कार्तिक २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह