Logo

Banner-news

निर्वाण चौधरी भन्छन्– सिजीका उत्पादन आफैं अब्बल छन्, कुनै कार्यक्रमसँग जोडिनु पर्दैन !


GDP Nepal
   १६ कार्तिक २०७६, शनिबार


काठमाडौं । बालबालिकामा विद्यमान कुपोषण र गरिबी विरूद्धको राष्ट्रिय अभियान बलियो नेपाल विधिवत सुरु नहुँदै विवादमा तान्ने नियोजित प्रयाश भएको खुलेको छ । खासगरी यो अभियानमा उद्योगपति एवं सांसद विनोद चौधरीको संलग्नतालाई लिएर टिप्पणी गर्दै अभियानको उदघाटन गर्नबाट राष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्न एकाथरीले विभिन्न मिडियावाजीसमेत गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल निवासबाट यस अभियानको विधिवत समुद्घाटन गरिसकेकी छन् । अभियानअन्तर्गत ६ महिनादेखि २३ महिनासम्मका बालबालिकामा देखिने कुपोषणको जोखिम न्युन गर्नेमा लक्ष्य छ । यसका लागि निजी क्ष्ँेत्रस“गको सहकार्यमा पोषणयुक्त लिटो र अण्डा कुपोषित बालबालिकाको पहु“चमा पु¥याउने गरि कार्यक्रम तय भएको बलियो नेपालको अध्यक्ष डा. स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।

वाग्ले भन्छन्– हाम्रो विशेष ध्यान बालबालिकाका अतिरिक्त किशोरीहरू, प्रजनन उमेरका महिलाहरू, गर्भवती तथा सुत्केरीहरूमा रहनेछ । जसबाट हामी के सुनिश्चित गर्न चाहान्छौ“ भने आउने पुस्ता वर्तमान पुस्ताभन्दा अझ बलियो र स्वस्थ भएर राष्ट्र निर्माणमा सक्रिय हुन सकोस् ।

तर, केही दिनदेखि केही प्रतिष्ठित मिडिया र त्यसैलाई उधृत गर्दै सामाजिक सञ्जालमा भने चौधरी समूहले वाईवाईमा पोषण थपेर विदेशी अनुदान दुरुपयोग गरेको प्रचार गरिएको थियो । यसमा देशका प्रवुद्ध व्यक्तिहरुकै संलग्नता उनीहरुको सामाजिक सञ्जालको प्रस्तुतिबाट प्रष्ट हुन्छ ।

चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने यस्तो प्रचारलाई टिप्पणी गर्नसमेत लायक नभएको प्रतिक्रिया दिएका छन् । उनले भने– यस अभियानमार्फत् सीजीका उत्पादनहरूको प्रवद्र्धन गर्न लागिएको भन्ने एकाध टिप्पणीप्रति प्रतिक्रिया जनाउन हामीले आवश्यक ठानेका छैनौ“ ।
उनले वाईवाईका उत्पादन नेपालसहित एसिया, मध्यपूर्व, यूरोप, अमेरिका र अफ्रिकासम्म पनि विश्वव्यापी गुणस्तरमा प्रतिस्पर्धा गर्दै ति बजारहरूमा विस्तार भइरहेकाले प्रवद्र्धनका लागि कुनै पनि गलत बाटो अपनाउनु आवश्यक नरहेको बताए ।

निर्वाण चौधरी

उनले भने– यस बारेमा सामान्य जानकारी राख्नेहरूले यस्तो टिप्पणी गर्दैनन् भन्ने हामीलाई राम्रोस“ग थाहा छ । बलियो नेपाल हाम्रा बालबालिकामा समर्पित छ । यस अभियानमा सहकार्य गर्न म सरकार र नेपालको निजी क्षेत्रलाई आह्वान गर्दछु ।’

चौधरीले यस अभियान अगाडि बढाउन विगत दुई बर्षदेखि गरिएका पहलहरूको अथक मेहनतको परिणाम बलियो नेपाल विधिवत सुरु भएको जानकारी दिए ।उनले भने– हाम्रा बालबालिकाप्रति समर्पित अभियान सुरू भएको छ । यसलाई सफल बनाएर हामीले विश्वमा नया“ उदाहरण प्रस्तुत गर्नुपरेको छ ।

प्रकाशित : १६ कार्तिक २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह