Logo

Banner-news

टिकटक बिक्रीमा अमेरिकाको स्वीकृति नलिइएको खुलासा, चीनमाथि सेन्सरको आरोप


GDP Nepal
   १८ कार्तिक २०७६, सोमबार


अमेरिका (एजेन्सी): लोकप्रिय सामाजिक सञ्जाल टिकटक चिनियाँलाई बिक्री गर्ने अमेरिकी कम्पनी विवादमा मुछिएको छ । उक्त कम्पनीले अमेरिकी सरकारको स्वीकृतिबिनै टिकटक बिक्री गरेको खुलासासमेत भएको छ ।

अमेरिकी कम्पनीले दुई वर्षअघि बिक्री गर्दा टिकटकको नाम म्युजिकल.ली थियो । यो मोबाइल एप त्यतिबेलै निकै लोकप्रिय भइसकेको थियो भने खरिद गर्ने चिनियाँ कम्पनी बाइटड्यान्स नामक थियो । उक्त इन्टरनेट कम्पनीले एक अर्ब डलर तिरेर त्यति बेलाको लोकप्रिय भिडिओ सेअरिङ एप म्युजिकल.ली किनेको थियो ।

चिनियाँ कम्पनीले यसरी अमेरिकी कम्पनीसँग म्युजिकल.ली एप किन्दा अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुगेको आरोप लागेपछि यसका अन्य विषयमा समेत छानबिन भइरहेको छ । बाइटड्यान्सले उक्त एप प्राप्तिका लागि सम्झौता गर्दा कुनै परीक्षण नभएकाले यसबारे अनुसन्धान हुनेछ ।

यता, टिकटकले राजनीतिक सन्देशहरूलाई सेन्सर गर्ने गरेको र प्रयोगकर्तासँग सम्बन्धित डेटा उपयुक्त ढंगले नराखेको आरोप लाग्दै आएको छ । खासगरी अमेरिकी नेताहरूले यस सम्बन्धमा अनुसन्धान हुनुपर्ने माग राखेका छन् । टिकटकका सामग्रीमा चीन सरकारले हस्तक्षेप गर्ने गरेको उनीहरुको आरोप छ ।

यद्यपि, यस्तो आरोपको उक्त कम्पनीले भने खण्डन गरेको छ ।

प्रकाशित : १८ कार्तिक २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह