Logo

Banner-news

चीनको कूटनीतिक शक्ति अमेरिकाको भन्दा बढी


GDP Nepal
   १४ मंसिर २०७६, शनिबार


सिड्नी (एजेन्सी): विश्वमा चीनको प्रभुत्व सबै क्षेत्रमा बढिरहेका बेला कुटनीतिक शक्तिमा पनि अमेरिकालाई चीनले नै उछिनेको छ । पछिल्लो प्रतिवेदनअनुसार विश्वकै कूटनीतिक मिसन संख्याको मामिलामा चीनले अमेरिकालाई उछिनेको हो ।

अष्ट्रेलियाको सिड्नीस्थित लोभी इन्स्टिच्युटको एक अध्ययनअनुसार २०१९ मा चीन कूटनीतिक मिसन संख्याका आधारमा पहिलो स्थानमा पुगेको छ । विश्वभरि चीनको मिसन संख्या २ सय ७६ पुगेको छ । जबकि अमेरिकाको २ सय ७३ छ । १ सय ८६ कूटनीतिक मिसनका साथ भारत विश्वकै १२ औं स्थानमा रहेको छ ।

अध्ययनका अनुसार यो वर्ष चीनको प्रभाव विश्वभरि नै बढ्दै गएको छ । अन्य मुलुकसँग उसको सम्बन्ध मजबुत भइरहेको छ । सी चिनफिङको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभले चीनको कूटनीतिक विस्तारको दायरा बढाउनमा सहयोग गरेको छ ।

विश्वभरिमा चीनको १ सय ६९ दूतावास, ९६ वाणिज्य दूतावास, ८ स्थायी मिसत तथा ३ अन्य मिसन रहेका छन् भने अमेरिकाको १ सय ६८ दूतावास, ८८ वाणिज्य दूतावास, ९ स्थायी मिसन र ८ अन्य मिसन रहेका छन् ।

२०१६ मा चीन अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा रहेको थियो । यसको एक वर्षपछि अर्थात् २०१७ मा चीनले फ्रान्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको थियो । यसपछि यो मामिलामा २०१८ मा कुनै रिपोर्ट आएको थिएन ।

यता, विश्वभरि गरेर कूटनीतिक मिसन संख्याको मामिलामा भारत १२ औं स्थानमा रहेको छ । भारतको १ सय २३ दूतावास÷उच्च आयोग, ५४ वाणिज्य दूतावास, ५ स्थायी मिसन तथा ४ अन्य मिसन रहेका छन् ।

पाकिस्तानको कुल १ सय १७ कूटनीतिक मिसन रहेको छ र योसहित यो मुलुक २८ औं स्थानमा रहेको छ । २ सय ४३ मिसनका साथ जापान विश्वमै चौथो स्थानमा रहेको छ । जापानको १ सय ५१ दूतावास, ६१ वणिज्य दूतावास, १० स्थायी मिसन र २१ अन्य मिसन रहेका छन् ।

प्रकाशित : १४ मंसिर २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह