Logo

Banner-news

भूकम्पपछि निजी आवास निर्माणमा १४ लाखलाई प्रत्यक्ष रोजगारी !


GDP Nepal
   १० पुस २०७६, बिहिबार


काठमाडौं । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पले ठूलो धनजनको क्षति गराए पनि पुनर्निर्माणको चरणसँगै अर्थतन्त्रमा सकारात्मक बहार आएको एक अध्ययनले देखाएको छ ।

पुनर्निर्माण्ले अर्थतन्त्रमा औसत ४.५ प्रतिशत बिन्दुको योगदान गरेको प्रतिवेदन सार्वजनिक भएको छ । नेसनल डेमोक्रेटिक इष्टिच्यूट फर इन्टरनेसनल अफेयर्स (एनडीआईका लागि गरिएको अध्ययनले यस्तो अवस्था देखिएको हो ।

यद्यपि, यो अध्ययन प्राथमिक तथ्यांकका आधारमा नभइ द्वितिय तथ्यांकको आधारमा गरिएको हो । त्रिभुवन विश्लविद्यालय अर्थशास्त्र विभागका उपप्राध्यापक डा. निर्मलकुमार राउतले यो अध्ययन गरेका हुन् ।

भूकम्प गएको वर्ष नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत रहेकोमा त्यसपछिको वर्षमा ७.३९ प्रतिशत र सन् २०१८÷०१७ मा ५.८९ प्रतिशत पुगेको भन्दै प्रारम्भिक अध्ययनले कुल गार्हस्थ्य उत्पादनमा पुनर्निर्माणले ४.४७ प्रतिशत बढाएको देखिएको बताए ।

“जीडीपी रेसियोमा पुनर्निर्माणको खर्च सन् २०१५÷०१६ मा ४.५४ प्रतिशत रहेकोमा पछिल्लो वर्ष र त्यसपछिको वर्षमा क्रमशः ६.८३ प्रतिशत र ११.८२ प्रतिशत तथा सरकारको कुल खर्चको रेसियोमा सन् २०१५÷०१६ मा १.१३ प्रतिशत रहेकोमा त्यसपछिका वर्षहरूमा क्रमश २.१२, ४.३८ प्रतिशत तथा सन् २०१८÷०१९ ा २.२४ प्रतिशत पुगेको छ,” उनले कार्यपत्र प्रस्तुत गर्दै भने, “जीडीपीमा मुख्य योगदान दिने कृषि र वन, उत्पादन, निर्माण तथा होलसेल र रिटेल ट्रेडमध्ये सन् २०१५ पछि निर्माणको हिस्सा बढ्दै गएकोले लग अफ जीडीपी डायनामिक अर्डिनरी लिष्ट स्वाक्यरको मोेडेलमा विश्लेषण गर्दा अर्थतन्त्रमा ४.४७ प्रतिशत देखिएको छ ।”

प्रतिवेदनअनुसार निजी आवास निर्माणतर्फ जाइकाले डिजाइन गरेको दुई कोठा भएको घरलाई आधार मानेर तथा एक घर निर्माणका लागि सय दिनलाई आधार मानिएको छ ।

दक्ष जनशक्तिले ८ करोड २५ लाख दिन तथा अदक्ष जनशक्तिले १७ करोड २५ लाख गरी २५ करोड ५० दिन अर्थात १४ लाख २० हजारले रोजगार पाएको तथा हाल ५ लाख ५० हजारले रोजगार पाइरहेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दिएको अनुदानका लागि मात्र ७ लाख ७० हजारले बैंकको खाता खोलेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित : १० पुस २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह