Logo

Banner-news

प्राधिकरणले खारेज गरेको सुमार्गीको हेलो नेपाललाई मन्त्रिपरिषदले ब्युँतायो


GDP Nepal
   २२ पुस २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको लगानी रहेको नेपाल सेटलाइट टेलिकम (हेलो नेपाल)सहित तीन कम्पनी खारेजीको निर्णय बदर गरेको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम तिर्न नसकेको भन्दै खारेजीको निर्णय गरेका कम्पनीहरुले मन्त्रिपरिषदमा पुनरावेदन गरेर आफूलाई खारेजीको निर्णय कार्यान्वयनबाट ब्युँताएका छन् । अब उनीहरुले किस्ताबन्दीमा उक्त बक्यौता तिरे पुनः सञ्चालनमा आउन पाउनेछन् ।

प्राधिकरणका अनुसार स्मार्ट टेलिकमले दुई अर्ब ३२ करोड रुपैयाँ र स्याटेलाइट टेलिकमले ८५ करोड बक्यौता तिर्न बाँकी छ ।

हेलो नेपालसहित लाइसेन्स खारेजी भएको अर्को दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेकिमल र इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसर्फर रहेका छन् । तीनवटै कम्पनीलाई तत्कालका लागि अवसर दिँदै मन्त्रिपरिषद्ले खारेज नगर्ने निर्णय गरेसँगै यी कम्पनी खारेजीबाट जोगिएका हुन् ।

प्राधिकरणले भने गत भदौ पहिलो साता बक्यौता नतिर्ने दुवै कम्पनी लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध चित्त नबुझेमा ३५ दिनभित्र सरकारविरुद्ध पुनरावेदनमा जान पाउने अधिकारको प्रयोग गरेका कम्पनीको पक्षमा निर्णय भएको छ ।

प्रकाशित : २२ पुस २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह