Logo

Banner-news

भ्रमण वर्षको पहिलो अन्तर्राष्ट्रिय प्रवर्द्धनमै झड्का, पर्यटनमन्त्रीको सर्वत्र आलोचना !


GDP Nepal
   २२ पुस २०७६, मंगलबार


काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रियस्तरमा उदघाटनपछि पहिलो अन्तर्राष्ट्रिय कार्यक्रमका लागि अष्ट्रेलियाको सिड्नी पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लज्जित हुनुपरेको छ । अष्ट्रेलियास्थित नेपाली दूतावास र स्थानीय गैरआवासीय नेपालीको हेलचेक्र्याईंका कारण मन्त्री भट्टराई आलोचना र उपहासको पात्र बनेका छन् ।

आगलागीबाट संकटमा रहेको मुलुकमा र्‍याली निकाल्ने योजना प्रहरी हस्तक्षेपका कारण बिफल बनेको छे । अष्ट्रेलियामा डढेलो लागेर कम्तीमा २४ जनाको ज्यान गएको छ भने ५० करोडभन्दा बढी जीवजन्तु मरेको अनुमान छ ।
यस्तो अवस्थामा पनि भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न पुगेका मन्त्री भट्टराईले नेतृत्व गरेको र्‍यालीलाई मंगलबार अनुमति नलिएको भन्दै सिड्नी सुरक्षाले रोकेको हो।

र्‍यालीमा भट्टराईसंगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलर दीपक खड्का र भिक्टोरिया चन्द्र योन्जनसहितको टोली रहेको थियो। समाचारअनुसार यो कार्यक्रम प्रचारप्रसार र व्यवसायिक लाभका लागि भएको लगायतका कारण देखाउँदै रोकिएको हो।यसलाई अधिकार सम्बन्धी कानुन भन्दा बाहिर रहेकाले र्‍यालीमा रोक लगाइएको जनाइएको छ।

र्‍यालीको संख्यासमेत पनि धेरै भएको कारण बताइएको छ । यसले पैदल यात्रुलाई असर पर्ने कारणसमेत जनाइएको छ। ओपेरा हाउससम्म जाने पूर्व निर्धारित कार्यक्रम भए पनि त्यहाँको सिड्नी काउन्सिलले स्वीकृति दिएको थिएन । अनि जवरजस्ती जान खोजिएपछि प्रहरीले रोकेको थियो ।

प्रकाशित : २२ पुस २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह