Logo

कर्पोरेट-बजार

आइएमई ट्राभलको १४औं वार्षिकोत्सवमा उपहार योजना


GDP Nepal
   २२ माघ २०७६, बुधबार


काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ ।

योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रागर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक (१) रातखाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निशूल्क उपल्ब्ध गराइनेछ ।

यस्तो योजना फेब्रुअरी, मार्च र अप्रिलभर लागु हुनेछ । योजना सार्वजनिक गर्दै आइएमई ट्राभलले आफ्नो २४औँ वार्षिकोत्सव मंगलबार लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा मनाएको हो ।

आइएमई ट्राभलले पर्यटनक्षेत्रको समग्र बिकासको लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिक गर्दै आफ्नो १४ औं वार्षिकोत्सव मनाएको जनाएको छ ।

उक्त अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यबसायीहरुलाई पर्यटन बिकासकालागिआफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर अझबिशेष भूमिका खेल्न आग्रह गरे ।

प्रकाशित : २२ माघ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह