Logo

Banner-news

नेरोल्याक ब्राण्डको ट्रेडमार्क जापानको पक्षमा, अब के हुन्छ ?


GDP Nepal
   ८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । झन्डै आधा दशकदेखी आफ्नो ब्राण्डको ट्रेडमार्क खोसिएपछि केएनपी जापानबाट नेपाली बजारमा व्यवसाय गरेको कान्साई नरोलेकले सर्वाेच्च अदालतबाट आफ्नो पक्षमा फैसला सुनेको छ । बुधबार सर्बोच्चका न्यायाधिसहरु तेजबहादुर केसी र बमबहादुर श्रेष्ठको संयुक्त इजलासले नेरोल्याक ब्रान्ड नेपालीको नभइ जापानी कम्पनीकै भएको फैसला गरेको हो ।

अब उक्त कम्पनीले आफ्नै ब्राण्डबाट नेपाली बजारमा व्यवसाय गर्न पाउने भएको छ । कान्साइ नेरोलेक पेन्ट्स तथा रंगसम्वन्धि व्यवसाय गर्ने जापानको बहुराष्ट्रिय कम्पनी हो ।
आफ्नो ब्रान्ड खोसिएपछि कम्पनीले ‘केनपी जापान’ नामबाट उत्पादन बिक्री गर्दै आएको थियो । २०६८ सालमा व्यवसायी श्रवणकुमार वैद्यको शालिमार पेन्ट्सको बहुसंख्यक सेयर किनेर औपचारिक रुपमा कम्पनी नेपाल प्रवेश गरेको थियो ।

तात्कालिन समयमा शालिमारमा अशोककुमारसँगै जीवनकुमार अग्रवाल, विजयसिंह वैद्य, राजकुमार वैद्य लगानीकर्ता थिए । शालिमारमा ६८ प्रतिशत शेयर किनेर भित्रिएको कान्साइ नेरोल्याकले आक्रामक रुपमा व्यवसाय विस्तार गर्न नपाउँदै तल्लो अदालतबाट मुद्धा आफ्नो पोल्टामा पार्न सकेन । जसअनुरुप आफ्नो अर्गानिक ब्राण्ड २०७३ फागुन अन्तिम साता खोसियो र केएनपी ब्राण्डबाट नेपालमा व्यवसाय सुरु गरेको हो ।


कन्साईको पक्षमा यो मुद्धाको फैसला संगै बहुराष्ट्रिय कम्पनीहरुलाई नेपालमा लगानी गर्न र ब्राण्ड स्थापित गराउन सहज हुनेछ । विदेशमा नयाँ ब्राण्ड उत्पादन हुनासाथ नेपालमा टे«डमार्क दर्ता गराइहाल्ने प्रवृत्ति निरुत्साहित हुनेछ । अरु कम्पनीको ब्राण्डलाई आफ्नो भन्दै टे«डमार्क दर्ता गरी रकम असुल्ने धन्दा निरत्साहित हुनेछ ।

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह