Logo

Banner-news

२ सयवटा बोल्ट हराउँदा अन्नपूर्ण केबलकार निर्माण दुई महिनादेखि ठप्प !


GDP Nepal
   १० फाल्गुन २०७६, शनिबार


पोखरा । पोखरामा निर्माण भइरहेको अन्नपूर्ण केबलकार निर्माण करिब दुई महिनादेखि ठप्प छ । केबलकार निर्माण ठप्प हुनुको कारण भने त्यति ठूलो छैन अर्थात बोल्ट हराउँदा यसको निर्माण रोखिएको हो ।

केबलकारमा जडान गर्ने टावरलाई टाइट गर्ने बोल्टहरू हराएकाले निर्माण कार्य करिब २ महिना प्रभावित हुन पुगेको यसका निर्माणकर्ताहरुले जनाएका छन् । जापानी कम्पनीले पठाएको मेसिनसहितको सामानमा करिब २ सय बोल्ट हराएकाले टावर राम्रोसँग कस्न र तारसहितको गोण्डला राख्ने कामसमेत यसबाट प्रभावित भएको छ ।

नयाँ बोल्ट निर्माणका लागि जापानी कम्पनीलाई पुनः आग्रह गरिएकाले आगामी दुई सातमा बोल्ट भित्रिनेछन् । केबलकार निर्माणको अन्तिम चरणमा पुगेकाले जापानबाट अनुगमन तथा सुपरीक्षण गर्न दुई प्राविधिक टोलीसमेत पोखरा आएको छ ।

अन्नपूर्ण केबलकारको ८५ प्रतिशत निर्माण पूरा भएको र आउँदो वैशाखमा परीक्षणको तयारी गरिएको छ । केवलकारमा १८ वटा टावर निर्माण गरिएको छ ।

यो केबलकारमा कुल १ अर्ब ४० करोड लगानी हुने अनुमान गरिएको छ ।

प्रकाशित : १० फाल्गुन २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह