Logo

Banner-news

चौधरी ग्रुपले भन्योः आलोचनालाई सम्मान गर्छौं, सहयोगका निम्ति सामग्री ल्याउँदैछौं


GDP Nepal
   ९ चैत्र २०७६, आइतबार


काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा ले नेपाललाई कोभिड १९ नियन्त्रणका लागि केही मास्क र परक्षिण किट उपहारमा दिने घोषणा गरेसँगै नेपालमा स्वदेशी उद्योगी व्यवसायीहरुको आलोचना सुरु भयो । सबैको एउटै आसय थियो कि विदेशी अर्बपतिले सहयोग गरिसक्दा नेपाली धनाढ्यहरु कता छन् ?

फोब्र्सको अर्बपति सूचिमा सूचिकृत विनोद चौधरी आलोचनाको निशानामा परे । चौधरीले कोभिड १९ नियन्त्रणका लागि शास्वतधाममा पूजा गरेको भन्दै आलोचना र व्यंग्य पनि सुरु भयो । तर, चौधरी समूहले भने यो आलोचनालाई सकारात्मक रुपमा ग्रहण गरेको जनाएको छ ।

चौधरी समूहको सामाजिक तथा परोपकारी काम गर्ने संस्था चौधरी फाउन्डेसनले ट्वीट गर्दै आलोचना र टिप्पणीलाई सकारात्मक रुपमा लिइएको र थप कार्यका लागि गृहकार्य भइरहेको जनाएको छ ।

प्रस्तुत छ, चौधरी फाउन्डेसनको ट्वीटहरु जस्ताको तस्तैः

(१) कोभिड–१९ नियन्त्रणलाई प्रभावकारी बनाउने सन्दर्भमा चौधरी फाउन्डेसनको सक्रियता अपेक्षा गरिएका पोस्ट र समाचारलाई हामीले सकारात्मकरूपमा लिएका छौं । यस मामिलामा हामी प्रारम्भदेखि नै सचेत छौं। हाम्रो पहिलो कर्तव्य चौधरी ग्रुपमा कार्यरत हजारौं कर्मचारीहरूलाई सुरक्षित बनाउनु थियो ।

(२) यसबीचमा हामीले मुलुकभर छरिएका हजारौं कर्मचारीको सुरक्षा प्रबन्ध मिलाउँदै नियमित जाँच र परीक्षण गरिरहेका छौं । हाम्रा कर्मचारीको सुरक्षा व्यवस्थाका लागि हाम्रो विशेषज्ञ टोलीले निकै सचेतताका साथ काम गरिरहेको छ ।

(३) अब हाम्रो ध्यान समग्र नेपाली नागरिकलाई यसबाट सुरक्षित बनाउन के गर्न सकिन्छ भन्नेमा केन्द्रित भएको छ । चीन र भारतबाट कोभिड–१९ परीक्षणका लागि आवश्यक परीक्षण किट र अन्य सामग्री भित्र्याउने पहल लिएका छौं । तर, ढुवानी प्रणालीमा असहज वातावरणका कारण यसमा समय लाग्ने अवस्था छ ।

(४) हामीले धैर्यपूर्वक काम गर्नु पर्दछ । ०७२ सालमा भूकम्पप्रभावितलाई जतिसक्यो चाँडो ओतमा पुऱ्याउन हामीले यसैगरी काम गरेका थियौं । र, अहिले पनि सरकार र अन्य साझेदारहरूसँग बलियो एवं प्रभावकारी काम गर्न हाम्रा पहल शुरू भइसकेका छन् ।

(५) यस गम्भीर विषयमा हामी सबैको साथ र सहयोगको अपेक्षा गर्दछौं । र, चौधरी फाउन्डेसनबाट प्रभावकारी कदम चालिओस् भन्ने सदिच्छालाई हामी उच्च सम्मान गर्दछौं ।

प्रकाशित : ९ चैत्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह