Logo

Banner-news

अब लकडाउनकै बेला पनि खुल्नेछन् भाटभटेनी, विगमार्ट, सेल्सबेरी


GDP Nepal
   १२ चैत्र २०७६, बुधबार


काठमाडौं । सरकारले अत्यावश्यकीय वस्तुको सहज उपलब्धताका लागि अब लकडाउनकै बेला पनि भाटभटेनी, विगमार्ट, सेलवेज, सेल्सवेरीलगायतका डिपार्टमेन्टल खुल्ने व्यवस्था गर्ने भएको छ ।

उपभोग्य वस्तुको अभाव नहोस् भनेर सुरक्षात्मक उपाय अवलम्बन गर्दै ठूला तथा चेन डिपार्टमेन्टर स्टोर खुल्ने व्यवस्था गर्न लागिएको हो । खाद्यान्न विक्रीका लागि एक भन्दा बढी स्थानबाट बिक्रीकक्ष राखी बिक्री वितरण गर्ने ठूला विक्रेता भाटभटेनी सुपरमार्केट, विगमार्ट, सेलवेज, सेल्सवेरीबाट बिक्री सुरु गरिने मन्त्रालयले जनाएको छ ।

यता, कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले एक साताका लागि मुलुकभर लकडाउन गरे पनि अत्यावश्यक वस्तुको उत्पादन र वितरण भने नियमित हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना जारी गरेर औषधि, स्वास्थ्य सामग्री, खाद्यवस्तु, खानेपानी, दूधको उत्पादन र वितरण नियमित गर्न उद्योगी व्यवसायीलाई आह्वान गरेकोे हो ।

तरकारी, फलफूल, दूध, पानी तथा ग्यास पसल नियमित सञ्चालन हुने भएका छन् । कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्यनजर राखी कर्मचारी र कामदारका लागि स्यानिटाइजर तथा मास्क लगाउने, भीडभाड नगर्नेलगायतका निर्देशन दिएको छ ।

देशभर गरिएको लक डाउनको समयमा अत्यावश्यक सामाग्रीहरू अभाव नहोस् भन्ने उद्देश्यका साथ मन्त्रालयले उद्योग सञ्चालन गर्न भनेको हो ।

दैनिक उपभोग्य वस्तुहरू (औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी तथा, औषधि र खाद्यवस्तुका कच्चा पदार्थ) र पेट्रोलियम पदार्थ ढुवानी गर्ने यातायातका साधन यथावत सञ्चालन हुने छन् ।

ढुवानीकर्ता एंव विक्रेता तथा वितरकले ढुवानी मजदुरको व्यवस्था गर्नुपर्ने र ती सवै मजदुरहरूका लागि अनिवार्य रूपमा मास्कको व्यवस्था गर्नुपर्ने तथा समय समयमा स्यानिटाइजर वा साबुन पानीले हात धुने लगाउने व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेडद्धारा सञ्चालित पसलहरू यथावत सञ्चालन गर्न निर्देशन दिएको छ । दुवै कम्पनीबाट मोबाइल भ्यानहरूबाट खाद्यवस्तु बोकी घुम्ति पसल सञ्चाल गरिने भएको छ ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह