Logo

Banner-news

टेलिकमद्वारा कोरोनाभाइरस नियन्त्रण कोषमा १२ करोड सहयोग


GDP Nepal
   २१ चैत्र २०७६, शुक्रबार


काठमाडौं । नेपाल टेलिकमले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ जम्मा गरेको छ ।

सहयोग रकममध्ये २ करोड रुपैयाँ कम्पनीका कर्मचारीको तलबबाट कट्टा गरिएको र १० करोड कम्पनीकै खाताबाट सरकारी कोषमा जम्मा गरिएको जनाइएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले महामारी नियन्त्रणका लागि सरकारलाई सहयोग गरिएको जानकारी दिए । बिहीबार नै प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकम हस्तान्तरण गरिसकेको जानकारी दिँदै उनले टेलिकमले कर्मचारीबाट कट्टा गरेको रकममा नन–अफिसर कर्मचारीको ३ दिन, अफिसरको ५ दिन र १० औं तहभन्दा माथिका कर्मचारीबाट ७ दिन बराबरको तलब काटेको जानकारी दिएका छन् ।

टेलिकमले यसअघि पनि बाढीपीडित तथा भूकम्पपीडित लगायतका लागि यसैगरी सहयोग गर्दै आएको छ ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह