Logo

मुख्य समाचार

गरिब मजदुरको पीडामा मल्हम लगाउँदै इकोन र नेफा, २६१ घरपरिवारलाई राहत वितरण


GDP Nepal
   १४ बैशाख २०७७, आइतबार


काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले मुलुकभर गरेको लकडाउनका कारण आम मजदुरको रोजीरोटी खोसिएको छ । हजारौं मजदुरलाई छाक टार्नै मुश्किल भएपछि सहयोगी हातहरु पनि सरेका छन् ।

मुलुकका निर्यात व्यवसायीहरुको छाता संगठन नेपाल निर्यात परिषद् (इकोन)ले यस्तै अलपत्र मजदुर तथा खाना नपाएकाहरुलाई सहयोग गरेको छ । इकोनले काठमाडौं महानगरपालिका वडा नं. १६ र १७ का करिब १७५ घरपरिवारलाई राहत बाँडेको छ ।

यस्तै, एयरपोर्टको टर्मिनल कार्गोमा कार्यरत ८६ मजदुरका परिवारलाई पनि इकोनले राहत वितरण गरेको छ । नेपाल फ्रेट फरवार्डर्स एशोसियसन (नेफा)को सहयोगमा यो राहत वितरण गरिएको हो ।

मजदुरका परिवारलाई चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री वितरण गरिएको इकोनले जनाएको छ । इकोनका अध्यक्ष हरिबहादुर कार्कीको नेतृत्वमा राहत वितरण गरिएको हो ।

अध्यक्ष कार्कीका अनुसार लकडाउनले न्यून आय भएका निम्नवर्गीय परिवारमा ठूलो समस्या देखिएकाले सामाजिक तथा परोपकारी भावनाले निर्यात व्यवसायीले सहयोग गरेका हुन् । घरपरिवार पाल्नुपर्ने मजदुरको पीडामा थोरै भए पनि मल्हम लगाउने प्रयास गरिएको उनले बताए ।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह