Logo

Banner-news

‘पर्यटनमा अझै आशाका किरण छन्, सस्तो गन्तव्यका रुपमा प्रचार गरौं’


GDP Nepal
   २९ बैशाख २०७७, सोमबार


सुगतरत्न कंसाकार

पर्यटन व्यवसायीहरुको लागि केहि आशाको किरण अझै छ कि ? सन् २०१८ मा नेपाल आएका ११ लाख ७३ हजार पर्यटकहरु मध्ये भारत (१६.६%), चीन (१३.१%), श्रीलंका (५.९%), थाइल्याण्ड (४.६%), म्यानमार (३.५%), दक्षिण कोरिया (३.१%), जापान (२.५%), बंगलादेश (२.२%) र मलेशिया (१.९%) बाट मात्र करिव ५३.४% पर्यटक आएका रहेछन्।

कोरोना भाइरसको समस्या समाधान भइसके पछि पनि विश्व अर्थतन्त्र नै डाँवाडोल भएर विश्वको हरेक मुलुकको नागरिकहरुको प्रति व्यक्ति आय नै कम हुने निश्चित भएको कारणले माथी उल्लेखित प्राय: सबै मुलुकको अधिकांस नागरिकहरु बिदा मनाउन वा भ्याकेसनमा जान बढी खर्च हुने विकसित मुलुकहरु जस्तै युरोप, अमेरिका, जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड आदि मुलुकमा भ्रमण गर्ने सम्भावना कम रहन्छ।

यसको फाइदा नेपालले लिन कोसिस गर्न सकिन्छ। सरकारले आउँदो आर्थिक वर्षको लागि एक छुट्टै बजेट व्यवस्था गरि यी मुलुकहरुमा “VISIT NEPAL” को promotional campaign व्यापक रुपमा गरेको खण्डमा पर्यटन उद्योगलाई पुन: सँजीवित तुल्याउनमा मद्दत हुने निश्चित छ।

नेपाल वायुसेवा निगमका पूर्व कार्यकारी प्रमुख कंसाकारको फेसबुकबाट

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह