Logo

Banner-news

कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु पुष्टि, आजै अन्त्येष्टि


GDP Nepal
   ३ जेष्ठ २०७७, शनिबार


काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पहिलो मानवीय क्षति भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको धुलिखेल अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकी महिलाको काठमाडौंमा पुनः परीक्षण गराउँदा पनि पोजेटिभ देखिएपछि कोरोनाबाटै मृत्यु भएको पुष्टि भएको हो ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिला त्रिवि शिक्षण अस्पतालमा सुत्केरी हुन वैशाख २३ मा भर्ना भएर २४ गते सुत्केरी भएकी थिइन् भने २५ गते नै डिस्चार्ज भएको जनाइएको छ । डिस्चार्ज भएलगत्तै सिन्धुपाल्चोक गएकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल ल्याइएको थियो ।

ति महिलाको शुक्रबार साँझ कोरोनाबाट मृत्यु भएको थियो। धुलिखेल अस्पतालमा तीन पटकसम्म कोरोना रिर्पोट पोजेटिभ आएको थियो। मन्त्रालयका सहप्रवक्ता डा. समिरमणी अधिकारीले महिलाको निधन कोरोनाबाट भएको पुष्टि गरेका छन्।

मृतकको अहिले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार हुँदैछ ।

यद्यपि, नेपालमा हालसम्म देखिएका सबै संक्रमितको अवस्था समान्य छ। कतिपयमा सामान्य लक्षण समेत देखिएको छैन ।

मन्त्रालयका अनुसार संक्रमितको संख्या २८१ पुगेको छ ।

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह