Logo

Banner-news

व्यापारपछि सबैभन्दा बढी नाफा शिक्षामा, वित्तीय क्षेत्र तेस्रोमा !


GDP Nepal
   २० जेष्ठ २०७७, मंगलबार


काठमाडौं । राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार नेपाली व्यवसायीको वार्षिक आम्दानी २९ खर्ब रहँदा सञ्चालन खर्च नै २२ खर्ब रहेको छ । यस्तै, यी व्यवसायीले वार्षिक नाफा साढे ८ खर्ब कमाउने गरेको अध्ययनले देखाएको छ ।

राष्ट्रिय औद्योगिक गणनाअनुसार २०७४ को वर्षमा प्रतिष्ठानहरुले कुल २९ खर्ब १५ अर्ब ६० करोड ९० लाखको आम्दानी तथा बिक्री गरेका छन् । जसअनुसार कुल २० खर्ब ६२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ उनीहरुको सञ्चालन खर्च रहेको छ ।

स्वदेशी प्रतिष्ठानहरुले वार्षिक ८ खर्ब ५३ अर्ब २१ करोड ३० लाखको नाफा गर्ने गरेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । यस नतिजा अनुसार प्रतिएकाई नाफा ९ लाख ४७ हजार तथा आर्थिक एकाइमा संलग्न एक जना व्यक्ति बराबर २ लाख ७४ हजार नाफा रहेको देदिन्छ ।

अध्ययनअनुसार नाफा र विक्रीको अनुपात २९.३ प्रतिशत रहेको छ । सबैभन्दा बढी नाफा थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रमा रहेको देखिन्छ । यो क्षेत्रले २ खर्ब ५८ अर्ब ४८ करोड नाफा गरेको छ ।

दोस्रो बढी नाफा कमाउने क्षेत्रमा रहेको छ– शिक्षा । यस क्षेत्रले १ खर्ब २१ अर्ब ८६ करोड नाफा कमाउँछ । तेस्रोमा रहेको बैंक तथा वित्तीय क्षेत्र (बिमासमेत)को नाफा पनि १ खर्ब ७ अर्ब रहेको छ ।
आम्दानी बढी भए पनि खर्चसमेत बढी रहेका कारण औद्योगिक क्षेत्रको नाफा खर्बभन्दा कमै छ । यस क्षेत्रले ९८ अर्ब ७८ करोडमात्रै नाफा कमाइरहेको देखिन्छ ।

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह