Logo

Banner-news

५०% मात्र भाडा बढाएर सार्वजनिक सवारी सञ्चालन गर्न सकिँदैनः व्यवसायी


GDP Nepal
   २६ असार २०७७, शुक्रबार


काठमाडौं । सरकारले ५० प्रतिशत अतिरिक्त भाडा लिएर ५० प्रतिशतसम्म मात्र यात्रु राखी सार्वजनिक सवारी सञ्चालन गर्न पाउने व्यवस्था गरे पनि यातायात व्यवसायीले भने त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरका अनुसार यातायात व्यवसायी सरकारी निर्णयलाई स्वीकार्ने पक्षमा छैनन् । उनका अनुसार सञ्चालन खर्चसमेत नउठ्ने भएकाले यस निर्णयकै आधारमा सडकमा सार्वजनिक सवारी सञ्चालन हुनसक्ने अवस्था छैन ।

स्वाँर भन्छन्– सकारले एकपक्षीय ढंगबाट हामीलाई जाकारी नगराई निर्णय गरेको छ । सरकारले गरेको निर्णयअनुसार सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने अवस्था पनि छैन ।

स्वाँरका अनुसार महासंघले आज शुक्रबार औपचारिक धारणा सार्वजनिक गर्दैछ । यसका लागि महासंघको बैठक दिउँसो १ बजे बोलाइएको छ । सरकारको नयाँ मापदण्ड अर्थात सेनिटाइजरको व्यवस्था, सवारी साधन निसंक्रमित पार्नेजस्ता कामले लागत बढ्ने छ । तर, यस अनुपातमा आम्दानी भने बढ्नसक्ने छैन ।

उनी भन्छन्ः सरकारसँग पटक पटक हामीले ज्ञापनपत्र सहित छलफल गरेको भए पनि सरकारले लोकतान्त्रिक पद्धतीको अवमूल्यन गरी एकपक्षीय निर्णय गरेको छ, यो हाम्रो लागि मान्य छैन । सार्वजनिक सवारी न्यूनतम आवश्यकता पूरा गरेरमात्र सञ्चालन गर्न सक्ने अवस्था पटकपटक जानकारी गराएको भए पनि त्यसलाई इन्कार गरेर सरकारले एकलौटी निर्णय गरेको छ ।

उनी सरकारले गरेको निर्णय अध्ययन अनुसन्धानकै क्रममा रहेको र सरकारले गरेको निर्णयसँगै व्यवसायीहरुमा थप अन्यौलकाम उत्पन्न भएको बताउँछन् ।

स्वाँरका अनुसार उनीहरुको माग केही सम्बोधन भएको छैन भने यही अवस्थामा सवारी सञ्चालन गर्नसक्ने अवस्था छैन । वैज्ञानिक ढंगबाट सरकराले भाडादर कायम गर्नु पर्न तर सरकारले सरोकारवाला निकायलाई कुनै जानकारी नगराई एक पक्ष निर्णय भएको छ, जुन न्यायसंगत छैन ।

प्रकाशित : २६ असार २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह