Logo

Banner-news

दराजको महाबचत बजार अभियान सुरु, उपभोक्ता भने ठगिएको गुनासो गर्दै !


GDP Nepal
   १३ श्रावण २०७७, मंगलबार


काठमाडौं । पत्रकार रवीन्द्र शाहीले सोमबार फेसबुकमा लेखे– दराजले महाबचत योजना ल्याएछ । यसो हेरेको पसलमै ७५० मा पाइएको यसको भाउ ७९९ रे ! बचतको नयाँ परिभाषा ।

शाहीले साओमीको एमआई बेसिक इयरफोनको मूल्यको उदाहरण दिँदै तस्बिरसहित यस्तो पोष्ट गरेपछि धेरैले त्यसमा सही थाप्दै दराजमाथि व्यंग्य गरे । पत्रकार शाहीको पोष्टले मात्र नभइ अन्य सर्वसाधारण उपभोक्ताको मनमा पनि दराज भन्नेवित्तिकै ठगीको पर्याय हो भन्ने छाप परिसकेको देखिन्छ ।

एउटा सामान देखाएर अर्को ल्याउने, बजार मूल्यभन्दा बढी राखेर छुटको अफर ल्याउने जस्ता उदाहरणका कारण दराजमाथि आलोचना हुँदै आएको छ । तर, दराज आफैं विक्रेता नभइ मध्यस्थकर्तामात्र भए पनि उसले आफ्ना विक्रेताहरुकमाथि नियमन र निगरानी गर्न नसक्दा दराज ब्रान्ड नै नेपालमा बदनाम भइरहेको छ ।

यता दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ । दराजको यस अभियान यही १२ देखी १्र९ साउन सम्म लागू हुने जनाइएको छ ।

दराजले यसरी अफर ल्याउँदा उसको बढी आलोचना हुने गरेको छ । नेपालमा इ–कमर्सको प्रयोग धेरै नयाँ नभए पनि यसको विश्वसनियता स्थापित भइसकेको छैन । व्यवसायका हिसाबले दराज सबैभन्दा अगाडि नै रहे पनि उसले समेत विश्वास जगाउन नसक्दा इ–कमर्सको भविष्य नै अन्योलपूर्ण देखिन्छ ।

दराजको ८ दिने सेल अभियानमा हुने बचत भाउचर, बचत अफर, निशुल्क डेलिभरी, र अन्य धेरै अवसर पाई ग्राहकहरुले चिताएका हरेक सामानमा भारि बचत गर्न सक्ने उल्लेख छ । यसबाहेक, ग्राहकहरूले इसेवा मार्फत थप २०५ (रु १००० सम्म), र पार्टनर बैंकका (मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुछ्रे बैंक, एनएमबी, एनआईसी एशिया, कुमारी बैंक, सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक) डेबिट र क्रेडिट कार्ड मार्फत प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत वा (रु. २००० सम्म) छुट पाउन सक्छन्।

यस अभियान मार्फत ग्राहकहरुले अन्य धेरै पुरस्कार पनि जित्नसक्नेछन् जसमा सुजुकी बर्गम्यान स्ट्रीट १२५ सीसी महा बम्पर पुरस्कारको रूपमा छ । अर्को ठुलो पुरष्कार भनेको आईफोन एसई रहेको छ जुन इसेवा र दराज द्वारा संचालित वान रुपी गेम मार्फत जित्न सकिन्छ । यस गेम मार्फत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू पनि जित्न सक्दछन्, जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर।

अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्राण्डहरू जस्तै सुजुकी, क्यालिबर, सीजी, कन्भर्स, फ्यान्टेक, होम ग्लोरी, जुआस, एलजी, लोट्टो, मन्त्र, मिडिया, ओरिफ्लेम, पाल्सनिक, पुलिस, रंगोली, सोपवर्क्स, सोनी, टाइटन, भ्यान्स, भिडियोकन, व्हर्लपूल र अधिकको अभियानमा सहभागी बनेका छन् र अतिरिक्त भाउचरका साथ् र ठूलो मूल्य कटौती पनि दिँदैछन् ।

प्रकाशित : १३ श्रावण २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह