Logo

Banner-news

काठमाडौंमा संक्रमित बढेसँगै लकडाउनको चर्चाः तर, विज्ञ भन्छन्– लकडाउन समाधान होइन !


GDP Nepal
   १८ श्रावण २०७७, आइतबार


काठमाडौं । मुलुकमा हालसम्म पुष्टि भएका कोरोना भाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । जसमध्ये अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । यद्यपि, ७२ प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । शनिबार पनि थप ६ जनामा संक्रमण देखिएको छ । लकडाउन खुलेसँगै उपत्यकामा बाहिरी जिल्लाबाट आवतजावत बढेकाले संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । जसका कारण सरकारले नाकामा कडाइ गर्न थालेको छ भने कतिपयको परीक्षण समेत गरिरहेको छ ।

उपत्यकामा संक्रमितको संख्या बढेसँगै पुनः लकडाउन हुने चर्चा चुलिएको छ । सरकारले भने तत्कालका लागि यस्तो योजना नरहे पनि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिइरहेको छ ।

तर, विज्ञहरु भने काठमाडौंमा जोखिम बढे पनि लकडाउन विकल्प नभएको बताउँछन् । पुनः लकडाउन समस्याको समाधान नभएको बरु मास्कमा कडाइ तथा सामाजिक दूरीलगायतमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित भन्छन्– देशको विभिन्न ठाउंहरुमा संक्रमीतको संख्या बढेको छ । कुनै नौलो कुरो होइन । भारतबाट संक्रमण छिर्ने र देशभर फैलिने क्रम केहि समय अझै जारी रहनेछ । तर पुनः लकडाउन कुनै हालतमा समाधान होइन । मास्कमा कडाइ, दुरी, परीक्षणलाइ व्यापकता, जोखिम समुहलाइ विशेष ध्यान नै अबको ‘नव–सामान्यीकरण’ हो ।

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह