Logo

Banner-news

सवारी साधनमा जोर-बिजोर व्यवस्थाले संक्रमण रोक्छ कि झन् फैलिन्छ ?


GDP Nepal
   २२ श्रावण २०७७, बिहिबार


काठमाडौं । काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोना संक्रमित भएको क्षेत्रमा बिहीबारदेखि जोर बिजोर लागू गर्ने सरकारको निर्णय संक्रमण नियन्त्रणमा प्रभावकारी हुन नसक्ने देखिएको छ । बुधबार उपत्यकामा १०२ जना नयाँ संक्रमित थपिए पनि यीमध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् ।

संक्रमण रोक्न लकडाउन नगर्ने निर्णय स्वागतयोग्य भए पनि भीडभाडजन्य क्षेत्र नियन्त्रणभन्दा जोर बिजोर लागू गर्ने निर्णयमा सरकार पुग्नुले झन् भीडभाड बढाउने देखिन्छ । यसैले संक्रमण रोक्नेभन्दा फैलने सम्भावना बढी छ ।

कोरोनाभाइरस सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुन कडिकडाउ गर्ने निर्णय गरेको छ। कडिकडाउ स्वाभाविक भए पनि नयाँ नियमले सवारी साधनबाटै संक्रमण फैलावट हुने सम्भावना देखिन्छ ।

बुधवार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै गृहमन्त्रालयले बिहीवारदेखि लागु हुने गरि काठमाण्डू उपत्यका र कोभिड १९ को दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमितहरू भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरू जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने व्यवस्था गरिने उल्लेख छ।

ूयस वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्लाभित्रसमेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने,ू विज्ञप्तिमा जनाइएको छ।

गृहमन्त्रालयको विज्ञप्तिमा मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गरिने उल्लेख छ। यस्तै, जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्डको उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालक समेतलाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ।

यता, काठमाण्डू उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुवाहक सवारी साधनहरूलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाइका साथ पालना गरिने जनाइएको छ।

अन्तर्राष्ट्रिय सीमा नाकामा आवतजावतलाई कडाइका साथ निषेध गर्नुका साथै होटल, रेस्टुराँमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा सामूहिक भेलाजस्ता कार्यपनि निषेध गर्ने उल्लेख छ।

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह