Logo

Banner-news

लगानी बोर्डमा विवादास्पद सीईओ नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनको माग


GDP Nepal
   २७ श्रावण २०७७, मंगलबार


काठमाडौं । भ्रष्टचारविरुद्ध क्रियाशील अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले लगानी बोर्डमा स्वार्थ बाझिएका विवादास्पद व्यक्तिलाई नियुक्त गरिएको भन्दै आपत्ति जनाएको छ । टीआई नेपालले विज्ञप्ति जारी गर्दै बोर्डमा नियुक्त सुशील भट्ट विवादास्पद छविका भएको भन्दै नियुक्ति खारेजीको माग गरिएको छ ।

टिआई नेपालका अध्यक्ष खेमराज रेग्मीले सोमबार विज्ञप्ति जारी गरी विवादास्पद छविका व्यक्तिलाई नियुक्त गरिएकाले खारेज गर्न माग गरेका हुन् ।

“विश्वभरिका लगानीकर्ताको विश्वास आर्जन गरेर मुलुकमा राष्ट्रिय महत्वका ठूला विकास निर्माणका आयोजना भित्र्याउन सक्ने योग्य, इमान्दार र विश्वसनीय व्यक्तिको छनोट गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपर्नेमा नागरिकस्तरमा आलोचित व्यक्तिलाई नियुक्त गरिनु अत्यन्त आपत्तिजनक विषय हो”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह